Kath khabar
हप्तामा ५५ घन्टा भन्दा बढि काम गरे स्वास्थ्यमा गंभिर समस्या !

काठमाडौं, जेठ ५ । विश्व स्वास्थ्य संगठनले हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्दा मानव स्वास्थ्यमा गंभिर समस्या उत्पन्न हुने बताएको छ । लामो समयसम्म लगातार काम गर्दा मुटु रोग तथा मस्तीस्कघात जस्ता घातक रोगबाट मानिसहरुले ज्यान गुमाइरहेको तथ्य विस्व स्वास्थ्य संगठन र अन्तरास्ट्रिय श्रम संगठनले संयुक्त रुपमा अनुसन्धान गरी खुलासा गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले अधिक कामका कारण मानव स्वास्थ्य बिग्रीरहेको परिप्रेक्षमा कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्ने नकारात्मक असरले थप मानव स्वास्थ्यको अवस्था अझ विग्रन्छ कि भन्ने चिन्ता व्यक्त गरेको छ ।

अधिक कामका कारण सन् २०१६ मा कम्तीमा ७ लाख ४५ हजार जनाले मृत्युवरण गरेको र अधिक कामको असर सबैभन्दा बढी दक्षिण पूर्वि एशिया तथा प्रशान्त क्षेत्रका बासिन्दामा परेको रिपोर्टमा उल्लेख गरिएको छ । यो क्षेत्रमा चिन, जापान र अस्ट्रेलिया लगाएतका देशहरु पर्छन् ।

विश्व स्वास्थ्य संगठनको पर्यावरण जलबायु परिवर्तन तथा स्वास्थ्य विभाग की डाइरेक्टर मारीया नियाराले प्रति हप्ता ५५ घण्टाभन्दा माथि काम गर्ने मानिसको स्वास्थ्य बिग्रने हुँदा विश्व स्वास्थ्य संगठन र अन्तरास्ट्रिय श्रम संगठनले गरेको अनुसन्धानको रिपोर्टलाई गम्भीर रुपमा लिन सम्पूर्ण मानव समुदायमा अपिल गर्नु भएको छ । संसारका १ सय ९४ देशका सुचाङ्कलाई विश्लेषण गरेको त्यस रिपोर्टमा अधिकतम पिडित (७२%) अर्धबैसे उमेरका पुरुष रहेको जानकारी दिइएको छ ।

ईन्भारोमेन्ट इन्टरनेशनल पत्रिकामा प्रकाशीत यो रिपोर्टले ३५ देखि ४० घण्टाको सट्टा हप्तामा ५५ घण्टाभन्दा माथि काम गर्ने कामदारमा ३५% मा मस्तीस्कघात र मुटुरोग १७ % ले  बढी मानिसको मृत्यु भएको जानकारी दिइएको छ । सन् २००० देखि २०१६ सम्मको लामो समय लिएर गरीएको यो अनुसन्धान र विश्लेषणले कोरोना भाइरसका कारण पिडितको संख्या अझ बढ्न सक्ने खतरा विश्व स्वास्थ्य संगठनले दिएको छ ।

मारीया नियाराले यो रिपोर्ट संयूक्त रास्ट्रसंघमा पठाएर कमजोर श्रमनिति भएका देशमा नितिगत सुधार गर्न जोड दिने बताउनु भयो । विस्व स्वास्थ्य संगठनकी अर्की अधिकारी प्रैंक पेगाले कामदारको काम गर्ने अबधि सुधार गरे कामदारलाई फाइदा हुने र रोजगारदातालाई पनि स्वस्थ कामदारको कामले उत्पादकत्व बढ्ने हुँदा कोरोना भाइरसको कारण आगामी दिनमा आउने चुनौति सामना गर्न सरल हुने बताउनु भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update