Kath khabar
पेट फुल्ने समस्या र यसको घरेलु उपचार


        काठमाडौं, वैशाख १८। प्रायः हामीले यो कुराको ख्याल राख्दैनौं कि कुनै पनि कुरा उल्टो खाँदा पेटमा ग्यास बन्न सक्छ, जुन फुल्ने कारण बन्न सक्छ। जब हामी खाना खान्छौं, हाम्रो पेटमा एसिडले तिनीहरूलाई एकदमै टुक्रा टुक्रा पार्दछ। पाचनको यस प्रक्रियाको दौरान, पेटबाट ग्यास बाहिर आउँछ जसको कारण कहिलेकाँही पेट सुन्निन्छ र दुख्छ। पेट फुल्ने समस्या जुनसुकै मौसममा हुनसक्ने भए पनि गर्मीमा यो समस्या निकै बढि हुन्छ ।

पेट फुल्ने समस्यामा प्रयोग गर्नुहोस् यी घरेलु चिजहरु
१. पुदिना
पुदिनाको पातलाई एक गिलास पानीमा राख्नुहोस् र केही समय छोड्नुहोस् र त्यसपछि पिउनुहोस्। यसले गर्दा पेटमा शीतलता कायम रहन्छ र फुल्ने समस्या हुँदैन ।

२.सानो अलैंची
खाना खाएको करिब एक घण्टापछि भिजाएको सानो अलैंचीको पानी पिउनुहोस्। यसले पेटमा ठूलो राहत दिन्छ।

३. सोप
सबैभन्दा पहिले सोपलाई भाँडामा कम आगोमा भुटेर खाना खाएपछि खानुहोस् । यसो गर्दा पेट फुल्दैन ।

४. ज्वानो
खाना खाएको करिब ३० मिनेटपछि मनतातो पानीमा आधा चम्चा ज्वानोको दाना मिसाएर पिउनुहोस् । यसको सेवनले पेटमा ग्यास बन्दैन ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update