Kath khabar
बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

      काठमाडौं, वैशाख १९। काठमाडौंको बबरमहलमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा डडेल्धुरा घर भइ हाल काठमाडौंको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update