Kath khabar
वालेट प्रयोगकर्ताहरूलाई राष्ट्र बैंकको निर्देशन : अब देखि एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा कारण खुलाउनुहोस्


        काठमाडौं, वैशाख १९। नेपाल राष्ट्र बैंकले वालेट प्रयोगकर्ताहरूले एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा कारण खुलाउन निर्देशन दिएको छ । आज सोमबार भुक्तानी सम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

यो निर्देशन अनुसार अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्यरूपमा प्रयोजन खुलाउनु पर्नेछ । विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झूटो ठहरिएमा कानुन बमोजिम सहुँला, बुझाउँला भन्ने व्यहोराको विद्युतीयरुपमा स्वः घोषणा गर्न लगाउनुपर्ने व्यवस्था गरेको छ ।

परिपत्रले मार्फत राष्ट्र बैंकले भनेको छ, क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्न व्यवस्था लागु गर्न निर्देशन दिएको छ। भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७८ मा संसोधन गर्दे यस्तो व्यवस्था लागू गरिएको राष्ट्र बैंकको भनाई छ । सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैंन । साथै क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्था स्वयंले गर्नुपर्नेछ ।

   

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update