भक्तपुरमा पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु
भक्तपुर, वैशाख २०। आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय