जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका सितलहाईट बस्ने एक व्यक्ति पक्राउ
ललितपुर, वैशाख २०। २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ इमाडोल शिलतहाइट बस्ने उदयपुर त्रियुगा नगरपालिका-४ त्रिबोच घर भएका २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय