Kath Khabar
शेयर बजार रातै, एक अर्ब २६ करोड रुपैंयाँको मात्र शेयर किनबेच

            काठमाडौं, वैशाख २१। शेयर बजार रातै देखिएको छ । साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्से ३१ दशमलव ७६ अंकले घटेर २२ सय ७५ दशमलव ६८ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव नौं अंकले घटेर चार सय ३६ दशमलव ८८ अंकमा सीमित भएको छ । दुई सय ३३ वटा कम्पनीहरूको २७ हजार पाँच सय ६६ पटकको कारोबारमा ३६ लाख दुई हजार आठ सय ४८ कित्ता शेयर खरिद बिक्री भएका छन् । उक्त खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब २६ करोड ९२ लाख १९ हजार चार सय २१ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर शेयर बजार पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने ग्रिन भेञ्चर लिमिटेड, युनाइटेड इदीमर्दी हाईड्रो पावर कम्पनी, युनियन नेपाल हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update