तीन हजार आठ सय २१ जनामा परिक्षण गर्दा १९ जनामा कोरोना पुष्टि
एक जनाको मृत्यु, १८ जना संक्रमणमुक्त

काठमाडौं, वैशाख २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल तीन हजार आठ सय २१ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौ सय ५२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या दुई सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय