ललितपुर, वैशाख २१। विगत लामो समयदेखि समाज सेवा तथा राजनीतिमा सक्रिय ललितपुरका स्थानीय बासी राजकुमार सिलवाल नेकपा एमालेको सूर्य चिन्हको साथमा महालक्ष्मीनगरपालिका वडा नं. ५ बाट वडा अध्यक्षको उम्मेदवार राजकुमार सिलवाल पूर्व गाविस अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष पनि हुनुहुन्छ ।
पहिले अध्यक्ष हुँदाको समय निकै गाह्रो र चुनौतीपूर्ण हुने गर्दथ्यो, कारण निकै कम बजेटले धेरै कामहरु भ्याउनुपर्ने हुन्थ्यो । काम देखाउन पनि गाह्रो हुन्थ्यो । जनस्तरको सहयोग र जनश्रमको साथले सिलवालको कार्यअवधिमा ४ वटा पुलमध्ये हनुमन्ते पुल विवाद भई मुद्दा परेको १० किमि नयाँ बाटो, ४ किमि कालोपत्र, ५ किमि ढलान, ७ किमि ब्लक छापिएको, ३ किमि ट्रयाक सहित आफ्नो ५ वर्षको कार्यकालमा १६ किमि ढलको निर्माण कार्य ८४ करोडमा सम्पन्न भएको छ । २५% साना सडक र ७५% ठेक्कामा लागिसकेको कोभिडको कारणले काम गर्न अप्ठ्यारो त हरेक पेशामा आवद्ध व्यक्तिहरूलाई परेको नै छ ।
सिलवाल विगतका चुनावमा उम्मेदवारी दिँदा सबैले चन्दा उठाएरै चुनाव लड्नुभएको, उहाँको अनुभूतिमा पैसा खर्च गरेर चुनाव जितिन्छ भन्ने सिद्धान्तमा पर्दैन । जसले पैसा खर्च गरेर चुनाव लड्छ उसले अवश्य पनि खर्च उठाउन खोज्छ । म त्यसको विरोधी हुँ । म पैसा खर्च पनि गर्दिन र जनतासँग एकरुपैया पनि लिन्न । जनतालाई एकपाइला पनि हिड्न नपर्ने गरी सेवा सुविधा दिन र यहाँका जनताले हिलोमा टेक्नुनपर्ने गरी सेवा दिनको लागि उहाँ यसपालिको चुनावमा फेरी जनताको सामु आउनुभएको छ ।
नेकपा एमाले महालक्ष्मीनगरपालिका वडा नं. ५ का पूर्व गाविस अध्यक्ष निवर्तमान अध्यक्ष तथा हाल वडाअध्यक्षका उम्मेदवारमा उठ्नुभएका सिलवाल जिल्ला कमिटीको सदस्य र महालक्ष्मीनगरपालिकाको इञ्चार्ज पनि हुनुहुन्छ । पूर्व गाविस अध्यक्षको कार्यकालपछि उहाँले १० वटा गाई र ६ वटा टनेल निर्माण गरेर कृषि व्यवसाय पनि शुरु गर्नुभयो । मासिक २ लाखसम्म आयआर्जन गर्दै गर्दा यहाँका साना कृषक विदेशबाट फर्किआएको युवाहरुलाई यो पेशातर्फ आकर्षित गर्ने उहाँको योजना छ ।
आफ्नो खेतियोग्य जमिन जोगाई कृषि गर्नेहरुलाई नगरले अनुदान दिने योजना सहित सरल रुपमा ऋण लिन सक्ने वातावरण बनाउँदै एक घर एक फलको योजना तर्जुमा गर्दै कृषकहरुको उत्पादित उपजहरुको व्यवस्थित बजारिकरण गर्ने, बिउबिजन, मलखाद, सिँचाई तथा प्राविधिक सुविधाका साथ महिला तथा युवा रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने योजना अनुरुप अगाडि बढ्दैहुनुहुन्छ ।
सिलवालको ५ वर्षे वडाअध्यक्षको कार्यकालमा विकासका पूर्वाधार सडक, स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्रमुख एजेण्डा बनाई नमुना वडाको रुपमा विकास गर्दै गर्दा एक घर एक धाराको योजनाको अन्तिम चरणमा पुगेको छ भने, दुईवटा बोरिङ्ग र एउटा ओभरहेड ट्याङ्कीको निर्माण सहित १७ किमि पाइपिङ्गको कार्यसँगै सबैमा शुद्ध र स्वच्छ पानीको पहुँच हुनेछ ।
पहिले बजेटको ९०% भौतिक पूर्वाधार १०% सामाजिक विकासमा खर्च गरिन्थ्यो भने अब ५०% भौतिक पूर्वाधार ५०% सामाजिक विकास अन्तर्गत, सिसिक्यामेरा, स्ट्रीटलाइट, ग्रिनरी र प्रत्येक घरमा जि.पि.एस जडान गर्ने योजना छ भने स्वास्थ्यको सन्दर्भमा नगर भित्रका अस्पतालमा उपचार गर्न परे नगरपालिकाले १५ % सम्मको खर्च व्यहोर्नेछ ।
'हामी सामाजिक प्राणी हौं, सामाजिक कार्य गर्दागर्दै राजनीतिमा लागेको हुँ, मैले मन्त्री बन्न राजनीति गरेको होइन । जीत होस् या हार मलाई सहज नै हुनेछ । म हारे पनि जित्नेलाई मेरो साथ सहयोग र अनुभवले सधै सहयोग गर्ने नै छु ।' उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।