
काठमाडौं, वैशाख २२। नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेको नेप्से आज बिहिबार पुन ३७ दशमलव छ अंकले घटेर २२ सय ३८ दशमलव ६२ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ३४ अंकले घटेर चार सय ३२ दशमलव ५५ अंकमा सिमित भएको छ । नेप्सेमा आज दुई सय ३२ वटा कम्पनीहरुको ३४ हजार दुई सय ६० पटकको कारोबारमा ४६ लाख ७४ हजार नौं सय ४० कित्ता खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार चार सय ७३ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएका छन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये जाल्पा लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य बढेका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, किसान लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलबिद्युत कम्पनी, ग्रिन भेञ्चर लिमिटेड, प्रिमियर इस्न्योरेन्स कम्पनी लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सुर्या लाईफ इन्स्योरेन्स कम्पनी, नविल बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् ।