तीन हजार आठ सय ११ जनामा परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि
एक जनाको मृत्यु, १५ जना संक्रमणमुक्त

काठमाडौं, वैशाख २२। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल तीन हजार आठ सय ११ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौं सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या दुई सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय