Kath khabar
आफ्नो त्यागलाई पछि पार्टीले मूल्यांकन गर्छ भन्ने श्री  देवेन्द्र राज पोख्रेलज्यूको दृढ  विश्वास ।

    बिराटनगर, वैशाख २३। बिराटनगर महानगरपालिका वडा नं ४ का निवर्तमान वडा अध्यक्ष श्री देवेन्द्र राज पोख्रेल ज्यू , मान्छे जती हसिलो हुनुहुन्छ त्यति नै मनको पनि धेरै राम्रो मान्छे हुनुहुन्छ। उँहा  बिराटनगर महानगरपालिकाको २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अधयक्षमा बिजयी हुनु भएको थियो । उँहाले बिराटनगर वडा नं ४ मा कांग्रेसबाट उम्मेद्ववार हुनु भएका समस्त टिम लाई ४ नं वडा बासीहरुले अत्याधिक मत दिई विजय गराईदिनु हुन सम्पूर्ण वडा बासीहरु लाई आग्रह गर्नु  भएको छ । 

पोख्रेल जी भन्नु हुन्छ आकाँक्षा धेरै जनाले राख्छन आफुले पाएको पद छोड्ने धेरै कम नै भेटिन्छन् , वडा अध्यक्ष/मेयर भएका मान्छेलाई सरकारले पनि दोस्रो कार्यकालको अवसर दिनु पर्छ, पहिलो कानुन बनाउने, दोस्रो काम गर्ने, भन्ने एजेन्डानै निकालेको थियो त्यस अनुरुप उहाँले ५ वर्षको अवधिमा आफुले राम्रो काम गरेको र साथीभाईहरु पनि सबै कांग्रेसमै उठ्नु भएको कारणले पनि उहाँको ५ बर्षिय कार्यकाल भित्र नगरपालिका योजना , प्रदेश योजनामा गर्नुभएको काम कार्यान्वयनको हिसाबले अगाडि बढ्नु  पर्छ र अरूलाई पनि अगाडि बढ्ने अवसर दिनुपर्छ भन्ने उँहाको धारणा छ । 

उहाँलाई आफ्नो कामप्रति आत्मसन्तुष्टि भएको र आफ्नो त्यागलाई पछि पार्टीले मूल्यांकन गर्नेछ भनी उहाँको विश्वाश छ । अरु पार्टीहरूको घोषणा पत्रमा धेरै कुराहरु उल्लेख हुन्छन् तर घोषणापत्रमा जे लेखिएको हुन्छ त्यो सब कामले पूर्णता पाएको हुदैन तर उहाँले आफ्नो घोषणापत्रमा उल्लेखित कार्य पूर्ण  गर्नु भएको र सो घोषणापत्र ल्यामिनेसन गरेर पनि राखेको बताउनु भएको छ ।  सानै उमेर देखि कांग्रेस पार्टीको सिद्धान्त प्रति झुकाव र संगतमा रहनु भएको र २०४६ साल देखि पार्टीको जिम्मेवारी सम्हाल्दै सचिवको कार्यकाल पुरा गरि निर्विरोध  सभापति हुनुभयो र फेरि पनि  सभापतिमा पार्टीले उम्मेदवारीको  मनोनयनमा अनुरोध  गर्दै गर्दा सबैले समान अवसर पाउनुपर्छ, एकै व्यक्तिले धेरै ओहोदा ओगोटने काम गर्न नहुने पोख्रेलजी बताउनु हुन्छ ।

उहाँले पछिल्लो समयमा शेखर कोइरालासँग पनि नजिक भएर काम गर्नु भएको, कांग्रेसमा सानै पदमा बसेर पनि क्रियासिल काम गर्न सकिन्छ, "कांग्रेसमा लागे  पछि यहि पद चाहिन्छ, वरिष्ठ  हुनुपर्छ, अनि मात्र काम गर्नुपर्छ भन्ने छैन त्यस्तो उदाहरण हाम्रो शेखर दाईले दिनुभएको छ" र उहाँ पनि शेखरदाई कै पदचाप पछ्याउदै हुनुहुन्छ। दिनरात लागेर कांग्रेस टिमलाई कसरी जिताउने र आफ्नो तर्फ़ बाट उल्लेखनीय भूमिका  निभाउने बताउनु भएको छ ।

अन्तमा बिराटनगरको माहोल कांग्रेसकै भएको र उहाँलाई निर्वाचित गराएर ५ वर्ष सम्म सहजीकरण गराएर सबै टोलबासी, वडा बासीले एकदमै सहज तरिकाले सहयोग गर्नु भएकोमा एकदमै आभार व्यक्त गर्न चाहनु भएको र त्यसको लागि ४ नं वडा बासीहरुलाई धेरै धन्यबाद दिन चाहनु भएको छ । अब आउने स्थानीय चुनावमा कांग्रेसलाई जिताउनु भयो भने मैले गर्ने साथ र सहयोग त सधै निरन्तर रहन्छ नै र पदमा नरहे पनि उहाँले सक्ने जति सहयोग गर्न सधै तत्पर रहने उहाँले बताउनु भयो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update