Kath khabar
भारतमा कोरोनाका ४ करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित


    भारत, वैशाख २९ ।  भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल  सङ्क्रमतिको सङ्ख्या  ४ करोड ३१ लाख तेह्र हजार  ४१३  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ । 
   
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी गत मङ्गलबार र बुधबार  भने केही कमी देखिएको हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये ९७० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार २०२ जना सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ । 
 
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १८१ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार  ६७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 
  
भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । चौविस घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २३० कोरोना निको भएका छन् । यसै सँगै हालसम्म चार करोड २५ लाख ७० हजार १६५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update