Kath khabar
चुक्ता पुँजी बृद्धिको चटारोमा बीमा कम्पनीहरू

          काठमाडौं, वैशाख २९। चुक्ता पुँजी वृद्धिको चटारोमा परेका तीन वटा जीवन बीमा कम्पनीहरुले एकै पटक मर्जरको लागि सम्झौता गरेका छन् । युनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड  बीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बिमित, लगानीकर्ता लगायत सरोकारवालाहरूको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशोधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वास्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने उद्देश्य तीनै कम्पनीले लिएका छन् । सोही उद्देश्य अनुरूप बिग मर्जरको लागि सम्झौता गरिएको ति कम्पनीहरूले जानकारी दिएका छन् ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update