Kath khabar
वैदेशिक रोजगारीमा नेपाली श्रमिकलाई रोक भारतीयलाई खुला 

काठमाडौं, जेठ ५ । सरकारले वैदेशिक रोजगारीमा जान आफ्नै नागरिकलाई रोक लगाएको अवस्थमा विदेशी नागरिकलाई भने विशेष प्राथमिकता दिएको छ । सरकारले गत वैशाख २३ गते मध्यरातदेखि अन्तर्राष्ट्रीय उडानमा रोक लगाए सँगै नेपाली नागरिकहरु वैदेशिक रोजागारीमा जान सकेका छैनन् । यसैबीच परराष्ट्र मन्त्रालयले भारतीय नागरिकलाई भने त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल काठमाडौं हुँदै साउदी अरब पुराउने भएको छ । 

परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दुतवासको आग्रहमा भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट साउदी अरब चार्टर उडान भर्ने निर्णय गरेको जानकारी दिएको छ । परराष्ट्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई चार्टर उडान मार्फत् साउदी अरब पुर्‍याउन निर्देशन दिएको थियो । परराष्ट्रको आग्रह अनुरुप पर्यटनले नेपाल नागरिक उड्डयान प्राधिकरणलाई चार्टर उडानको व्यवस्थापन गर्न निर्देशन दिएको छ भने प्राधिकरणले उडान अनुमति प्रदान गरेको छ ।

परराष्ट्रले भारतीय दुतवासको आग्रहमा चार्टर उडान व्यवस्थापन गर्न पर्यटनलाई पत्र पठाएको छ । प्रस्तुत विषयमा परराष्ट्र मन्त्रालयको गत वैशाख २९ को पं.सं. पिआरओ/प्रो एस/०७७/७८/३०, च.नं. ८४६६ को पत्र तथा भारतीय दुतावासको गत वैशाख २९ को पत्र यसैसाथ संलग्न छ। माग भै आए बमोजिम भारतीय दुतावासबाट सिफारिस भएका भारतीय नागरिकहरु लैजानको लागि काठमाडौंबाट साउदी अरेबको विभिन्न गन्तव्यमा एकतर्फी यात्रु बोक्ने गरी साताका सात उडान गर्न नेपाल वायुसेवा निगमलाई चार्टर उडान अनुमति उपलब्ध गराइएको हुँदा आवश्यक कार्यार्थ त्यहाँ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ भारतीय नागरिकलाई साउदी पुराउनको लागि साताको तीन उडान गर्न हिमालय एयरलाईन्सलाई अनुरोध छ, पत्रमा भनिएको छ ।

श्रमिक, वैदेशिक रोजगार व्यवसायी संघ, विज्ञ तथा सरोकारावालाहरुले सरकारको पछिल्लो निर्णयलाई लिएर आपत्ति जनाएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले सरकारले दबाबमा परेर उक्त निर्णय लिएको बताउनु भएको छ । 

नेपाल सरकारले कोरोना महामारीका कारण वैदेशिक रोजगारीका गन्तव्यमा अन्तराष्ट्यि उडान ३१ मे सम्म बन्द गरेको छ, यसकारण वैदेशिक रोजगारीका लागि उड्न लागेका हजारौं नेपाली श्रमिक साउदी अरब जान पाएनन्, उहाँले भन्नुभयो, तर, सरकारले भारतीय दुतावासको दबाबमा भारतीय श्रमिकलाई विशेष दर्जा दिँदै नेपालको विमानस्थल प्रयोग गरेर सातामा १० वटा उडान पठाएको छ। सरकारको अनुचित निर्णयको म घोर निन्दा गर्छु । प्राधिकरणले मन्त्रालयको निर्देशन अनुरुप मंगलबारबाट सम्बन्धित एयरलाईन्सलाई काठमाडौं साउदी अरब चार्टर उडान अनुमति प्रदान गरेको छ ।


 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update