दुई हजार सात सय ८५ जनामा परिक्षण गर्दा सात जनामा कोरोना पुष्टि
मृत्यु शुन्य, नौं जना संक्रमणमुक्त
काठमाडौं , जेठ २। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल दुई हजार सात सय ८५ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौं सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप नौं जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या एक सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ २०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय