Kath khabar
भरतपुर महानगरमा रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा


           चितवन, जेठ ३। भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की  रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि-पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहनुभएको छ । स्वतन्त्रबाट उम्मेदवार रहनुभएका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गर्नुभएको छ ।

वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ ।
 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update