Kath khabar
नामको बीचमा बहादुर र विक्रम लेख्ने चलन कहिलेदेखि शुरु भयो ?


              काठमाडौं, जेठ ३। 'बहादुर' शब्द वीर ब्यक्तिको लागि प्रयोग गरिने शब्द हो । राजा श्री ५ रणबहादुर शाहले नामको बिचमा 'बहादुर' लेख्न थालेपछी सर्वसाधारण लगायतले नामको बीचमा 'बहादुर' लेख्ने प्रचलन आएको हो । त्यसभन्दा अगाडि नेपालमा नामको बीचमा बहादुर लेखिएको भेटिँदैन।

राजा रणबहादुर शाहभन्दा अगाडि उनका काका राजकुमार बहादुर शाहको नाम नै बहादुर राखिएको थियो, तर नामको बीचमा होइन। बहादुर लेखिनुको कारण भने भारतका बादशाह, बहादुर शाह (सन् १६४३-१७१२) को जस्तै प्रताप रहोस् भनी नेपालमा लेख्न थालेको भन्ने बुझिन्छ। बादशाह बहादुर शाह एकदम पराक्रमी र देशको माटो बढाउने वीरको रुपमा प्रख्याति थिए ।      

नामको बिचमा बिक्रम लेख्ने प्रचलन पनि नेपालका राजा श्री ५ गीर्वाणयुद्ध बिक्रम शाहदेखि सुरु गरिएको हो । त्यसपछि सबै राजाको नामको बीचमा र अरु जनता (भारदारहरुले पनि नामको बीचमा बिक्रम लेख्न थालेको देखिन्छ। हिन्दुस्थानका बादशाह राजाहरूले 'विक्रमादित्य' लेख्थे, बहादुरी र कुशल राजा हुँ भन्नको लागि।

नेपाली सेनामा मेजर दर्जा भनेको अन्य दर्जा मध्येको जमदारभन्दा मुनिको थियो। मेजरको मतलब अहिलेको हवल्दार मेजर जस्तै थियो। त्यसबखत अधिकृतमा मेजर दर्जा नभई कप्तान, मेजर कप्तान र बडा कप्तान समेत थिए। पछि गएर कप्तान र मेजर कप्तान राखियो । मेजर कप्तानबाट लेफ्टिनेन्ट कर्नेलमा प्रमोसन हुन्थ्यो। कर्नेलमा लेफ्टिनेन्ट कर्नेल, कर्नेल, ब्रिगेडियर कर्नेल र कमान्डर कर्नेल थिए।

डा. प्रेम सिंह बस्न्यात

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update