न्युयोर्क, जेठ ५ । सन् १९९४ मा नै देहत्याग गरेका संसारको सबैभन्दा चर्चित रक स्टार शुमार कर्ट कोभेनप्रति लालायित हुनेको संख्या आज पनि कम छैन । कला र कृतिले मानिसलाई मर्न दिदैन भन्ने उदाहरण हालसालै अमेरीकामा घटेको छ । आज पनि उनका कपालका छ वटा धर्सा १६ लाखमा लिलाम भएको छ ।
यसले कर्टको संगीतको लोकप्रियता आज पनि घटेको छैन भन्ने देखाउँछ । अमेरीकाका गायक, गीतकार, गितारवादक तथा निर्वाणा बैंडका संस्थापक शुमार कर्ट कोभेन सत्ताइस वर्षको कलिलो उमेरमा आत्महत्या गर्दै संसारबाट बिदा लिएका थिए ।
हाल आईकानिक एक्सन्समा प्लाष्टिकमा प्याक गरी राखिएको उनको छ ओटा कपाललाई चौध हजार एकसय पैतालिस डलर यानेकी १६ लाख नेपाली रुपैयाँ तिर्न मानिस तयार भएका छन् ।
कर्टले निर्वाणा एल्बम रिलीज गरेको चार वर्षपछि उनले उक्त कपाल काटेका थिए । पहिलो एल्बम निर्वाणाको रिलिज भएपछि स्टार भएका कर्टसँग सम्बन्धित हरेक सामान मुल्यवान भएका छन् । अहिले लिलाम गरिएको कपाल १९८९ को अक्टुबरमा ब्रिटेनमा उनको साथी टेसा ओसबार्नले काटिदिएका थिए ।
त्यसैगरी गत वर्ष सन् २०२० मा उनको चर्चित गितार लिलाममा गरिएको थियो । १/२ मिलियन डलरमा लिलाम हुने अपेक्षा गरिएको कर्टको गितार छ मिलियन डलर यानेकी सत्तरी करोड नेपाली रुपैँया भन्दा माथिमा मानिसले खरिद गरेका थिए ।
कर्टको उक्त गितार संसारको सबैभन्दा महगों गितार भएको छ । त्यसै गरी उनको पुर्ण हस्ताक्षर भएको बिमा पत्र बिस लाख नेपाली रुपैयाँभन्दा बढीमा बिक्री भएको थियो । उनका पुर्ण हस्ताक्षर भएको कागजपत्र दुर्लभ मानिएका छन् ।
सन १९८७ मा निर्वाणा बैंड बनाएर सांगितिक क्षेत्रमा प्रवेश गरेका कर्ट जिन्दगीका अन्तिम दिनमा लागु पदार्थको अम्मली बनेका थिए साथै उनी डिप्रेसनबाट पनि पिडित थिए जसका कारण उनले अल्पायुमा ज्यान गुमाउन पर्याे । उनले आफुभन्दा सिनियर रकस्टार आँलर टाँकको लोकप्रियतालाई माथ गर्दै छोटो समयमै संसारमकै चर्चित रकस्टारमा स्थापित भएका थिए ।