Kath Khabar
चुनावले पनि बढाउन सकेन नेप्से


             काठमाडौं, जेठ ३। स्थानीय तहको चुनाव सम्पन्न भएपछि नेप्से बढ्ने अपेक्षा धेरै लगानीकर्ताहरूको रहेको छ । तर यसको विपरित स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आज मंगलबार पहिलो दिन खुलेको नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ८४ दशमलव नौं अंकले घटेर २२ सय ६५ दशमलव ५२ अंकमा कायम भएको छ । यसैगरी सेन्सिटिभ पनि १४ दशमलव २७ अंकले घटेर चार सय ३९ दशमलव ६९ अंकमा कायम हुन पुगेको छ । आज नेप्सेमा दुई सय २१ वटा कम्पनीहरूको ३३ हजार छ सय १० पटकको कारोबारमा ३५ लाख ९५ हजार पाँच सय ६८ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ५० हजार दुई सय ३९ रुपैयाँमा सीमित भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घट्दा नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सुर्या लाइफ इन्स्योरेन्स कम्पनी, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, सानिमा माई हाइड्रो पावर कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेका छन ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update