Kath khabar
बीमा कम्पनीहरु पनि मर्जरको तयारीमा


       काठमाडौं, जेठ ३। तीन वटा जीवन बीमा कम्पनीहरुले सैद्धान्तिक सहमती पाएका छन् । बीमा समितिका अनुसार मंगलबार “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि. र युनियन लाइफ इन्स्योरेन्स कं.लि. लाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिइएको हो ।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न पनि समितिले निर्देशन दिएको छ । ती कम्पनीहरूले आफूहरूबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यस अघि, मिति २०७९/०१/२३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स कं.लि. र एभरेष्ट इन्स्योरेन्स कं.लि. लाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो । ती दुई कम्पनीले आफूहरूबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएको समितिले जनाएको छ ।     

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update