Kath khabar
काठमाडौं महानगरमा बालेन शाहको फराकिलो अग्रता, स्थापित ७ हजारभन्दा धेरै मतले पछाडि


         काठमाडौं, जेठ ४ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ हजार मत कटाउनु भएको छ । योे मतसहित साहले फराकिलो अग्रता कायम राख्नुभएको छ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ८ हजार २  सय ५३ मत प्राप्त गर्नु भएको छ । स्थापित ७ हजारभन्दा धेरै मतले पछि हुनुहुन्छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३ सय ४८ मत र उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १ सय ५७ मत पाउनु भएको छ। अब वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ भने अहिलेसम्म ३९ हजार ५२० मत गणना गरिसकिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update