काठमाडौं मेयरको फराकिलो दौडमा बालेनको अग्रता कायमै
काठमाडौं, जेठ ४। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार मत कटाउनु भएको छ । उहाँले १७ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको छ भने स्थापितले अहिलेसम्म ९ हजार ५६ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार १ सय २८ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा एमालेतर्फबाट सुनिता डंगोलको अग्रता भने कायमै छ । उहाँले १५ हजार ६ सय ७४ मत पाउनुभएको छ भने प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ५ हजार १५ मत र बिनिता मगैया राष्ट्रिय प्रजातन्त्र पार्टी कि बिनिता मगैयाले ३ हजार ४ सय ४९ मत पाउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय