Kath Khabar
नेप्सेमा झण्डै नौं अंकले सुधार, गुमाउनेभन्दा कमाउने समुह धेरै



           काठमाडौं, जेठ ४। नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज आठ दशमलव ९० अंकले बढेर २२ सय ७४ दशमलव ४२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ४१ अंकले बढेर चार सय ४१ दशमलव नौं अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरूको २७ सय ५७ पटकको कारोबारमा ३१ लाख ५६ हजार नौं सय १३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३२ करोड ६३ लाख २० हजार तीन सय ४६ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, होटल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी सहितका आठ वटा समुहहरूको सूचक बढेका छन् भने निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष सहितका पाँच वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज राधी जलविद्युत कम्पनी, समता लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फन्ड, मेगा म्युचुअल आदिको शेयर मूल्य बढेका छन् भने सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update