Kath khabar
काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै, कटाए २१ हजार भोट


       काठमाडौं,  जेठ ५। काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ। केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १० हजार ६९१ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले  २१ हजार ८१५ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार १२४ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गर्नुभएको छ । हालसम्म ५३ हजारभन्दा बढी मत गणना भएको छ । 

 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update