Kath khabar
सगरमाथाको सफल आरोहण गरेर फर्के राजु लामा, एअरपोर्टमा गरियो भव्य स्वागत

     काठमाडौं, जेठ ५। चर्चित गायक तथा द मंगोलियन हर्टका फ्रन्ट म्यान राजु लामाले विश्व कै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्कनु भएको छ । उहाँलाई एयरपोर्टमा पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो। उहाँले सगरमाथाको आरोहणमात्र नभई ७९०० मिटरमा पुगेर एकल कन्सर्ट समेत गरेर आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘सगरमाथाको चुचुरोमा पुग्दा आफू धन्य भएको महसुस गरे' । चुचुरोमा पुग्दा आफू भावविभोर भएर रोएको उहाँ बताउनुहुन्छ । 'सगरमाथाको चुचुरो चढ्न सजिलो छैन । कता कता मनमा डर पनि थियो तर भगवानको कृपाले सफल भए, आफ्नो आत्मबल पनि बढाए'। चुचुरोमा पुगेर आधा घण्टा बसेको उहाँ बताउनुहुन्छ ।

जलवायु परिवर्तन तथा कार्बन उत्सर्जन घटाउन हामीले व्यक्तिगत रुपमा के कसरी सहयोग पुर्याउन सकिन्छ भनेर सन्देश दिन उहाँले सगरमाथाको चुचुरो चढ्ने निर्णय गरेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update