
काठमाडौं, जेठ ५। नेप्सेको वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहीबार २३ दशमलव ५१ अंकले घटेर २२ सय ५० दशमलव ९१ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ८८ अंकले घटेर चार सय ३७ दशमलव २१ अंकमा सीमित भएको छ । आज दुई सय १९ वटा कम्पनीहरूको २३ हजार पाँच सय ६९ पटकको कारोबारमा ३७ लाख ९८ हजार दुई सय ६३ कित्ता शेयरखरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम एक अर्ब ३० करोड नौं लाख ८१ हजार नौं सय ९६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी इक्विटी फण्ड, नेशनल हाईड्रो पावर कम्पनी आदिको शेयरमूल्य बढेका छन भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी आदि परेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने प्रभु बैंकको संस्थापक सेयर, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रो कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।