फ्रान्स, जेठ ६ । पेरिस सेन्ट जर्मेन पिएसजीले सात वर्षमा छैठौ पटक फ्रैन्च कपको उपाधी उचालेको छ । गएराती स्टेड डि फ्रान्समा भएको खेलमा मोनाको माथि दुई शुन्य गोलको जित हात पार्दै पिएसजी च्याम्पियन बनेको हो । खेलको १९ औं मिनेटमा पिएसजीले अग्रता बनाएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै माउरो इकाड्रीले केलियन एम्बाप्पेको पासमा गोल गर्नुभएको हो । ८१ औं मिनेटमा एम्बाप्पे आफैले गोल गरि पिएसजीलाई १४ पटक फ्रैन्च कपको उपाधी दिलाउनु भएको हो । पिएसजीले माउरिसियो पोचेटिनोको प्रशिक्षणमा दोस्रो उपाधी जितेको हो ।
गत जनवरीमा पिएसजीले ट्रफी डेस च्याम्पियनको उपाधी उचालेको थियो । सो उपाधी पोचेटिनो प्रशिक्षकका रुपमा पहिलो उपाधी हो । यता फ्रेञ्च लिग वानमा भने पिएसजी दोस्रो स्थानमा छ । साविक बिजेता पिएसजीले आफ्नो अन्तिम खेलमा ब्रेस्टसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । सोही दिन शीर्ष स्थानको लिलले तालिकाको मध्यस्थानमा रहेको एन्गरर्ससँग प्रतिस्पर्धा गर्नेछ । यदि लिलले पराजय व्येहोर्छ र एिएसजीले खेल जितेको खण्डमा उसले उपाधी रक्षा गर्नेछ ।