Kath khabar
सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ


       काठमाडौं, जेठ ७। सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि यो विषय राष्ट्रिय चासोको मुद्दा बनेको छ ।

शुक्रबार यो विषय संसद्‍मा समेत उठेको र उक्त घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरिसकेको छ ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update