बेलायत, जेठ ६ । इंग्लीस प्रिमियर लिगमा लिभरपुलले बर्नलीमाथि तीन शुन्य गोलको जित हात पार्दै शिर्ष चारमा उक्लेको छ । यो जित पछि नयाँ सिजनको च्याम्पियन्स लिग छनौट पनि बलियो बनाएको छ ।
गत आइतबार रेलिगेशनमा परेको वेष्ट ब्रुमलाई हराउँदै लिभरपुलले आफुलाई शिर्ष चारको बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको थियो । खेलको ४३ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै योगर्न क्लोपको टोलीलाई पहिलो हाफमा एक शुन्य गोलले अघि राख्नु भयो । दोस्रो हाफमा लिभरपुलले दुई गोल थपेको थियो । ५२ औं मिनेटमा नाथानियल पिलिप्सले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर भयो । उहाँको यो पहिलो क्लब गोल हो । ८८ औं मिनेट एलेक्स ओस्लेड च्याम्बरलिनले गोल गरेपछि लिभरपुलको तीन शुन्य गोलको जित सुनिश्चित भएको हो ।
यो नतिजासँगै लिभरपुल लेष्टरलाई उच्छिन्दै चौथो स्थानमा उक्लेको छ । एक खेल बाँक्री हुदा दुवैको ६६ अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल अघि बढेको हो । लिभरपुलको तीन गोल बढि छ । आइतबार हुने खेलमा क्रिस्टल प्यालेसलाई हराएको खण्डमा लिभरपुल च्याम्पियन्स लिगका लागि छनौट हुनेछ । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुने खेलमा १० हजार समर्थकलाई मैदानमा प्रवेश दिइनेछ ।