Kath khabar
७५औं कान्स फिल्म फेस्टिवलमा पनि उठ्यो महिला हिँसा र बलात्कारको आवाज

     फ्रान्स, जेठ ८।  यहाँ प्रिमियर हुने फिल्म र रेड कार्पेटमा हिँड्ने सेलिब्रेटीको चर्चा दिनहुँ जसो सञ्चारमाध्यममा भइरहेको छ । यसपटक नेपाली फिल्म कान्समा छानिएको छ भने नेपालकी एक्ट्रेस सुरक्षा पन्त पनि त्यहाँ पुगेकी छिन् । सुरक्षा नेपाली फिल्मलाई नभई विदेशी फिल्मलाई प्रतिनिधित्व गर्दै कान्स पुगेकी हुन् । यसले गर्दा पनि यसपटकको कान्सले नेपालीको ध्यान समेत तानिरहेको छ ।

यद्यपि एउटा अर्को सन्दर्भले समेत कान्स तर्फ सबैको ध्यान मोडिएको छ । कान्सको रेड कार्पेटमा एक महिला आइन् र टपलेस भएर चिच्याउन थालिन् । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गरेकी थिइन् । उनको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।’

महिलाले युक्रेनको झण्डाको रङलाई आफ्नो शरीरमा लगाएकी थिइन् । ती महिलाका कारण रेड कार्पेटमा सेलिब्रिटीहरुलाई रोक्यो ।त्यसपछि सुरक्षाकर्मीले उनलाई कालो रङको ज्याकेटले ढाके र आफूसँगै लिएर गए । ती महिला युक्रेनको अभियन्ता रहको बताइएको छ । युक्रेन र रुसबीच चलिरहेको युद्धमा महिलामाथि बलात्कारको घटना पनि सार्वजनिक भइरहेको छ । 
यसको विरोध गर्दै ती महिलाले  ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै रेड कार्पेटमा कराएकी हुन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update