काठमाडौं, जेठ ७ । सिद्घार्थ बैंक लिमिटेड बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाईनान्स कर्पोरेशन (आईएफसी) द्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।
आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रकृयाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।
आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो । उक्त अवार्ड शुक्रबारका दिन एक विशेष कार्यक्रममा आईफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजन मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरिएको हो ।
आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ९० वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय १४ वटा शाखारहित बैंकिङ्ग सेवा र १५ सय भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।