भारत, जेठ ८। भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। पेट्रोल र डिजेलको मूल्यमा लगातार बडोत्री पछि आलोचना खेपिरहेको सरकारले ईन्धन माथि लगाईएको कर (एक्साईज ड्युटी) कम गरि मूल्य घटाएको छ। अब भारतमा पेट्रोलको अहिलेको भन्दा प्रति लिटर ९ रुपैया ५० पैसा र डिजेल ७ रुपैयाले सस्तो भएको छ।
पेट्रोलमा ८ र डिजेलमा ६ रुपैया प्रति लिटर एक्साईज ड्युटी घटाउने निर्णय भएको बित्तमन्त्रि निर्मला सितारमणले बताईंन। प्रधानमन्त्रि उज्ज्वला योजना अन्तर्गत खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डर २०० रुपैया छुट दिएर सर्वसाधारणले खरिद गर्ने सिलिन्डरको मूल्य सस्तो बनाईएको छ। भारतमा मार्च २२ पछि लगातार इन्धनको मूल्यवृद्दि हुदै आएको छ।
भारतमा सबै भन्दा महँगो महाराष्ट्रमा हाल प्रति लिटर पेट्रोलको मूल्य १२३ रुपैया ४६ पैसा पुगेको थियो। आन्ध्रप्रदेशमा प्रति लिटर डिजेलको मूल्य १०७ रुपैया ६१ पैसा थियो। नया दिल्लीमा पेट्रोल १०५ रुपैया ४१ पैसा र डिजेल ९६ रुपैया ६७ पैसा छ।
अब नेपालमा यसको असर कस्तो पर्ला त ? भारतमा ईन्धनको मूल्य बढे नेपालमा आफसे आफ बढ्ने गर्छ, अब भारतमा ईन्धनको मूल्य घटे पछि नेपालमा पनि घट्ला त ?