भैरहवा, जेठ ९। गौतमवुद्ध विमानस्थलमा जजिराको जहाज अवतरण गर्दा चरासँग ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाज रोकिएको छ । आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको हो। कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाज गए राति पौने २ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
अवतरणको क्रममा चरासँग ठोक्किएको आशंकापछि परीक्षणको लागि जहाज होल्ड गरिएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जानकारी दिनुभयो।, ‘जहाजको बाहिरी भागमा रगत देखिएको तर चरा नभेटिएकोले चरा जहाजको इन्जिनभित्र गएको छ कि भन्ने आशंकामा होल्ड गरिएको र अब इन्जिनको चेकजाँच गरेपछि मात्र जहाजले उडान भर्न सक्ने उहाँले बताउनुभयो।