काठमाडौं, जेठ ९। भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। पेट्रोल र डिजेलको मूल्यमा लगातार बडोत्री पछि आलोचना खेपिरहेको सरकारले ईन्धन माथि लगाईएको कर (एक्साईज ड्युटी) कम गरि मूल्य घटाएको छ। अब भारतमा पेट्रोलको अहिलेको भन्दा प्रति लिटर ९ रुपैया ५० पैसा र डिजेल ७ रुपैयाले सस्तो भएको छ।
तर, नेपालमा भने सरकार पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, एक सिलिन्डर ग्यासमा तीन सय २७ रुपैयाँ ३७ पैसा कर, डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा र मट्टीतेलमा प्रतिलिटर १३ रुपैयाँ ६६ पैसा कर लिने गरेको छ ।
पेट्रोलमा ८ र डिजेलमा ६ रुपैया प्रति लिटर एक्साईज ड्युटी घटाउने निर्णय भएको बित्त मन्त्रि निर्मला सितारमणले बताईंन। खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डर २०० रुपैया छुट दिएर सर्वसाधारणले खरिद गर्ने सिलिन्डरको मूल्य सस्तो बनाईएको छ।
भारत सरकारले नागरिकलाई महँगीबाट जोगाउन शनिबार मात्रै इन्धनमा फेरि कर घटाएको हो ।
उता भारत आफ्नो नागरिकको राहतको लागि सव्सिडी दिदै, यता हाम्रो सरकार, नेपाल आइल निगमले ईन्धन खपत घटाउन हफ्ताको दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रि परिषदमा पारित गराउने पक्षमा जुटेको देखिन्छ।