Kath Khabar
नेप्सेमा उच्च गिरावट, ३४ अंकले घट्दा एक अर्ब ३६ करोडको शेयर कारोबार


        काठमाडौं, जेठ ९ । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ३४ दशमलव २१ अंकले घटेर ११ सय ८८ अंकमा सीमित हुँदा सेन्सिटिभ पनि पाँँच दशमलव ६९ अंकले घटेर चार सय २९ दशमलव शून्य पाँच अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २४ वटा कम्पनीहरूको २८ हजार पाँच सय छ पटकको कारोबारमा ३९ लाख १७ हजार छ सय ६५ कित्ता शेयर कारोबार भएका छन् । जसबाट कुल शेयर कारोबार रकम एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज गुराँस लघुवित्त वित्तीय संस्था, एनएमबी बैंकको ऋणपत्र, राष्ट्रिय बीमा कम्पनी, किसान लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने मिथिला लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update