काठमाडौं महानगरमा बालेन्द्र साहले कटाए ५० हजार मत
१ लाख ५० हजार ५ सय १६ मत गनिसकियो
काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको फराकिलो अग्रतासँगै ५० हजार मत नाघेको छ ।
साहले ५० हजार ३० मत पाउनु भएको छ भने दोस्रो स्थानसहित नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत पाउनु भएको छ । त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।
काठमाडौंमा महानगरमा १ लाख ९१ हजार ५५ मत खसेकोमा अहिलेसम्म १ लाख ५० हजार ५ सय १६ मत गनिसकिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय