
काठमाडौं, जेठ १०। अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मङ्गलबार भने दोहोरो अंकले बढेको छ । नेप्से आज १६ दशमलव ३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६२ अंकले बढेर चार सय ३२ दशमलव ६७ अंकमा चढ्न सफल भएको छ ।
आज दुई सय २४ वटा कम्पनीहरुको २१ हजार सात सय नौं पटकको कारोबारमा ३१ लाख सात सय ३० कित्ता शेयर किनबेच भएको छ । उक्त किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब आठ करोड ८८ लाख ३३ हजार पाँच सय ४२ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार मध्ये दुई वटा समुहको सूचक घटेर ११ वटा समुहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी समुहहरूको सूचक बढेका छन भने ट्रेडिङ र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज लक्ष्मी लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्स्युरेन्स कम्पनी, गोर्खाज फाइनान्स, अपरतामाकोसी हाइड्रो पावर कम्पनी, युनियन नेपाल हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी बैंकको ऋणपत्र, प्रभु लाइफ इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, अरुण कावेली पावर लिमिटेड, अरुण भ्याली हाइड्रो पावर कम्पनी, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।