काठमाडौं, जेठ ११। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५५००० नजिक मत पुर्याएर २०००० मतको अग्रता बनाउनुभएको छ ।
बुधबार बिहानसम्म १६६३१३ मत परिणाम भइसक्दा साहले ५४२१३ मत प्राप्त गर्नुभएको छ । सुरुदेखि नै अग्रता कायम गर्नुभएका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाउनुभएको हो । काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित गर्नुभएको छ।
सत्ता गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४६०८ मत प्राप्त गर्नुभएको छ । बालेन्द्रले सिर्जनालाई २०११० मतान्तरलेअग्रता कायम गर्नुभएको छ । एमालेका केशव स्थापित बालेन्द्रभन्दा २०७४३ मतले पछाडि हुनुहुन्छ । उहाँले ३३६०९ मत पाउनुभएको छ ।
उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायम राख्दै ६०६७५ मत ल्याउनु भएको छ। यो सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा तेब्बर मतले धेरै हो । यो अग्रतासँगै उहाँले पनि उपमेयरमा जीत सुनिश्चित गर्नुभएको छ ।