Kath khabar
वार्षिक ११ प्रतिशत व्याजमा राष्ट्र बैंकको लगानी अफर

      काठमाडौं, जेठ ११ । वार्षिक ११ प्रतिशत व्याज दिने गरी राष्ट्र बैंकले भोलि बिहीबार नागरिक बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि तीन अर्ब तीन करोड छ लाख ६० हजार रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्न लागिएको हो ।

बचतपत्र खरिदका लागि सर्वसाधारणहरूले यही जेठ १२ गते देखि जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८४ (पाँच वर्षे) को निष्कासन अवधि २०७९ असार आठ गते तोकिएको छ भने सावाँ भुक्तानी अवधि २०८४ असार आठ गते तोकिएको छ । बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ भने खरिद गरिएको बचतपत्र अर्धवार्षिकरूपमा व्याज भुक्तानी हुनेछ । वार्षिक ११ प्रतिशत ब्याजदर तोकिएको उक्त बचत पत्रको व्याज आम्दानीमा व्याज कर लाग्नेछ ।

राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमामा रहेर आवेदन दिन सकिनेछ ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update