Kath Khabar
नेप्सेमा आठ अंकको वृद्धि


        काठमाडौं, जेठ १२। नेप्से बढेको छ । आज बिहीबार नेप्से आठ दशमलव तीन अंकले बढेर २२ सय ३९ दशमलव ६० अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले बढेर चार सय ३६ दशमलव ४७ अंकमा पुग्न सफल भएको छ । जसअनुसार आज दुई सय २२ वटा कम्पनीहरुको १८ हजार आठ सय आठ पटकको कारोबारमा २३ लाख २४ हजार छ सय ६५ कित्ता शेयर किनबेच किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम ८८ करोड ९८ लाख ३४ हजार नौं सय नौं रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहहरूको सूचक बढेका छन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, होटल तथा पर्यटन र अन्य सहितका पाँच वटा समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मेगा बैंक लिमिटेड, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, एनआईबिएल समृद्धि फन्ड २, बुटवल पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी, लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने मेगा बैंक, अरुण कावेली पावर लिमिटेड, अपरतामाकोसी हाइड्रो पावर कम्पनी, नबिल बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update