
काठमाडौं, जेठ १३ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने घटेको छ । नेप्से आज १५ दशमलव ८२ अंकले घटेर २२ सय २३ दशमलव ७८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव चार अंकले घटेर चार सय ३३ दशमलव सात अंकमा झरेको छ । नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको २१ हजार नौं सय चार पटकको कारोबारमा ४१ लाख ४० हजार छ सय ६५ कित्ता शेयर किनबेच भएकोमा कारोबार रकम एक अर्ब २९ करोड ८९ लाख पाँच हजार पाँच सय ९० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये होटल तथा पर्यटन समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।
नेप्सेमा आज रुरु जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् । प्रभु बैंकको संस्थापक शेयर, मेगा बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।