भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना

काठमाडौं, जेठ १३ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएको गाडी दुर्घटना भएको छ ।
दाहाल चढ्नुभएको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावलाखेल प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको र उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय