Kath khabar
सरकारी जग्गामा भु माफियाको गिद्धे दृष्टि

       भक्तपुर, जेठ १३ । सरकारी जग्गा समेत बैना गरी करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा भक्तपुरबाट दुई व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले भक्तपुर जिल्लाको साविक बागेश्वरी गाविस वडा नं ५ हाल चाँगुनारायण नगरपालिका वड नं ७ बस्ने ७२ बर्षिय केशव प्रशाद अधिकारी र साविकको भक्तपुर नगरपालिका वडा नं २ हाल भक्तपुर नगरपालिका वडा नं ८ बस्ने ५८ वर्षिय ईश्वर गाईजुलाई सरकारी जग्गा समेत बैना गरी रकम ठगी गरेको जाहेरीका आधारमा शुक्रबार भक्तपुरको मालपोत गेटबा पक्राउ गरेको हो । 
कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार खोटाङको बुईपा ३ घर भई हाल दिक्तेलको मझुवागढी नगरपालिका वडा नं १४ बस्ने धनिराम राई समेतको जाहेरीको आधारमा ति व्यक्तिहरुलाई भक्तपुरको मालपोत गेटबाट पक्राउ गरिएको हो । आरोपीत व्यक्तिहरुले भक्तपुरको साविक सुडाल गाविस वडा नं ४ मा रहेको बिभिन्न कित्ता नम्बरहरु अर्केको नाउँमा रहेको जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएका छौं भनि झुक्याई साथै किं न ३९९ को जग्गा सरकारी देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना वापत पाँच करोड २० लाख रुपैंयाँ मात्र लिई ठगी गरेको भन्ने जाहेरी कार्यालयमा परेको र सोही जाहेरीका आधारमा कार्यालयबाट खटिएको टोलीले भक्तपुर नगरपालिका वडा नं १० मालपोत गेटबाट ति दुई जनालाई पक्राउ गरी आवस्यक कारवाहीको लागि प्रहरी परिसर भक्तपुर पठाईएको प्रहरी उपरीक्षक कोईरालाले बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update