Kath khabar
आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै


          काठमाडौं, जेठ १५। सरकारले आज आगामी आर्थिक वर्ष ०७९ र ८० को बार्षिक आयव्ययको अनुमानित बजेट सार्वजनिक गर्दैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ । योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो । बजेटका लागि करिब ७ खर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदान/ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालु आर्थिक वर्षको बचत/साँवा फिर्ताबाट जुटाइनेछ । सरकारले आज घोषणा गर्ने बजेट साउन १ गते देखि कार्यन्वयनमा आउनेछ । 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update