Kath Khabar
बालकुमारीबाट बालकोट जाने कोड्कु खोलाको पुल अझै बनेन

          ललितपुर, जेठ १५। विकासको पहिलो आधार भनेको सुविधासम्पन्न सडक र पुल नै हो । जब कुनै पनि क्षेत्रमा सडक र पुल बन्छ, तब त्यो क्षेत्रमा विकासको अन्य पूर्वाधारहरू बन्न थाल्छन् । स्थानीयवासीहरूले विकासको सही प्रतिफल चाख्न पाउँछन् । तर ललितपुरको बालकुमारीबाट बालकोट जाने कोड्कु खोलाको पुल नबन्दा उक्त क्षेत्र र आम सडक प्रयोगकर्ताहरूले विकासको सही प्रतिफल चाख्न पाएका छैनन् । आफ्नो क्षेत्रको विकास गर्नको लागि भनेर चुनेर पठाएका स्थानीय तहका नगर प्रमुख, वडा अध्यक्ष एवं अन्य सरोकारवाला निकायले उक्त पुल बनाउन ठोसरुपमा काम गर्न नसक्दा सो क्षेत्रका बासिन्दाहरूमा स्थानीय तह र जनप्रतिनिधिसंग नैं आक्रोश बढ्दै गएको छ ।

ललितपुर महानगरपालिका वडा नं ८ र महालक्ष्मी नगरपालिका वडा नं २ जोड्ने पुरानो पुल अझै बनेको छैन । बालकुमारीचोकबाट पूर्वतर्फबाट गम्भीर समुन्द्र स्कुल हुँदै टिकाथली जाने उक्त पुल जुन भत्काएर नयाँ बनाउने काम भयो, त्यो सबैको लागि हितमा थियो । त्यसको सबैले तारिफ गरेका थिए । तर त्यो काम यति ढिला भयो कि दुई वर्षसम्म अझै उक्त पुल बनेको छैन । उक्त पुल नबनेपछि अहिले उक्त क्षेत्रमा जनताहरु आक्रोशित हुन थालेका छन् । 

'यस पुल निर्माणको लागि बनेको समिति, विगतका जनप्रतिनिधिहरु साथै स्थानीय बुद्धिजीवीहरुले के कसो गर्नु भयो, पुल निर्माण कार्य किन ढिलासुस्ती भयो भनेर कहि कतैबाट कोहि कसैलाई जानकारी छैन । यो आमजनताको आवाज र पिरमर्का कसले सुन्ने कसलाई भन्ने ? विगतदेखि नै सबै पिडीत जनमानसले आ-आफ्नोतर्फबाट पहल तथा खबरदारी पनि गरेकै हो । तरपनि कहिकतैबाट केही सुनवाइ भएको छैन', एक स्थानीय बताउनुहुन्छ ।

 

 


 

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update