Kath Khabar
शुरु भयो कीर्तिपुर र चन्द्रागिरी भेगमा सातगाउँले जात्रा
शुरु भयो कीर्तिपुर र चन्द्रागिरी भेगमा सातगाउँले जात्रा परम्परा अनुसार सातगाउँका शक्तिपीठ मध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वास अनुसार अगामी शनिबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँलेले बाजागाजा ल्याउँछन् ।
विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदै
विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदै आज राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्‍याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्दछन् ।
जनकपुरमा विवाह पञ्चमी महोत्सव शुरू, मन्दिर परिसरमा मदिरा तथा माछामासु निषेध
जनकपुरमा विवाह पञ्चमी महोत्सव शुरू, मन्दिर परिसरमा मदिरा तथा माछामासु निषेध यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए।
Weather Update