तिहारको तेस्रो दिन आज गाई पूजा गरिदैं
सोमबार, कात्तिक २७, २०८०
आज कुकुर तिहार पनि, कुकुरको विशेष पूजाआजा गरी मनाइदैं
आइतबार, कात्तिक २६, २०८०
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने
शुक्रबार, कात्तिक १०, २०८०
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
वडादसैँका अवसरमा असनका तुलाधर समुदायले गरे खड्ग जात्रा
बिहीबार, कात्तिक ९, २०८०
स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

भक्तपुरमा तलेजुको वाहन सेतो घोडा जात्रा मनाइयो
बुधबार, कात्तिक ८, २०८०
बडादसैं र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ।
बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै
आइतबार, कात्तिक ५, २०८०
आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ। आजकै दिन घरमा प्रयोग गरिएका हातहतियार, मेसिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलन छ ।

नेवार समुदायकै ठूलो चाड मोहनी नखः र कालो टीकाको महत्व
बिहीबार, कात्तिक २, २०८०
नेवारका दर्जनौँ नखा (चाड) हरू छन्। कतिपय नखाहरू ८-९ दिन लामा हुन्छन्, तर मोहनी १५ दिन लामो हुन्छ। खेतबाट धान भित्र्याइसके र आर्थिक रूपमा सम्पन्न भएको मौसममा यो चाड मान्ने तिथिमिति पर्छ। नेवारको जात्रामा सबैभन्दा ठूलो बिस्का जात्रा हो भने चाडमा सबैभन्दा ठूलो मोहनी हो।

नवरात्रीको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
बुधबार, कात्तिक १, २०८०
यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।
साताको लोकप्रीय