Kath khabar
हरेक शिवको मन्दिर अगाडि किन राखिन्छ नन्दिको मूर्ति !
हरेक शिवको मन्दिर अगाडि किन राखिन्छ नन्दिको मूर्ति ! नन्दीलाई भगवान शिवको वाहन मानिन्छ। भगवान शिवलाई नन्दी धेरै मनपर्ने विश्वास छ। जहाँ शिव हुन्छ त्यहाँ नन्दी पनि हुन्छ। हिन्दू पौराणिक कथाहरूमा भगवान शिव र नन्दीको बारेमा धेरै कथाहरू छन्।
नयाँ बर्ष  देखि पाटन दरबार परिसर भित्र अनुमति बिना कुनै कार्यक्रम गर्न नपाइने
नयाँ बर्ष देखि पाटन दरबार परिसर भित्र अनुमति बिना कुनै कार्यक्रम गर्न नपाइने जबसम्म नागरिकमा सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही नहुने भन्दै उनले आम सर्वसाधारणलाई यसको महत्व बुझेर नियम पालना गर्न अनुरोध गरेका छन्। 
सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ मनाइँदै
सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ मनाइँदै “यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोक साहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ”, ओझाले भन्नुभयो, “यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन छ ।”
गुरुङ समुदायले  ‘तमु ल्होसार’ पर्व मनाउँदै
गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
"छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन
"छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन परापूर्वकाल देखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ। डोल्पा र जुम्ला जिल्लामा मात्र मनाइने छोरा तिहारको महत्त्व दशैँ तिहार जत्तिकै रहेको डोल्पाको त्रिपुरासुन्दरी मन्दिरका पुजारी उमाकान्त न्यौपानेले बताए।
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ?
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ? 'प्रिय, दुःख नाश गर्ने, सुखको रक्षक, श्रेष्ठ, तेजस्वी, पापको मार्ने, परमात्माको रूपमा परमात्मालाई हृदयमा धारण गरौं। भगवानले हाम्रो बुद्धिलाई सही मार्गमा प्रेरित गरून् ।'
क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउँदै
क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउँदै २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
प्रधानमन्त्री देउवाद्धारा क्रिसमसको शुभकामना
प्रधानमन्त्री देउवाद्धारा क्रिसमसको शुभकामना प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाउनु भयो ।
दक्षिणायनको अन्तिम औँसी आज गया श्राद्ध विधिपूर्वक गरिँदै
दक्षिणायनको अन्तिम औँसी आज गया श्राद्ध विधिपूर्वक गरिँदै श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।
शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव पशुपतिनाथ फर्किएपछि आरती
शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव पशुपतिनाथ फर्किएपछि आरती धनुर्मास पूजामा पशुपतिनाथका चारै भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, शृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ ।
नेवार समुदायको मौलिक एवं प्रमुख पर्व ‘यःमरी पुन्हि’ आज धुमधामले मनाइँदै
नेवार समुदायको मौलिक एवं प्रमुख पर्व ‘यःमरी पुन्हि’ आज धुमधामले मनाइँदै नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन्। यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ।
आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित देशभर मनाइँदै
आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित देशभर मनाइँदै सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
Weather Update