महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
शुक्रबार, फागुन ५, २०७९

नागा बाबाहरुको पशुपतिमा घुइँचो
बिहीबार, फागुन ४, २०७९
जोगीका ४ सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासी अन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

भक्तपुरमा १०८ रोपनीमा १०८ फिट अग्लो भगवान् शिवको मूर्ति १ अर्ब खर्चमा बन्ने
आइतबार, माघ २२, २०७९
१०८ रोपनी क्षेत्रफलमा बनाइने उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ । यो क्षेत्रमा शिवको मूर्तिबाहेक बुद्ध, मायावती, बुद्धका ७ पाइला, श्री १०८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष विष्णुजंग बस्नेतले जानकारी दिए ।
1675572279.jpg)
एकमहिने श्री स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै
आइतबार, माघ २२, २०७९
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
बिहीबार, माघ १२, २०७९
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ।
२८५९ औँ सोनाम ल्होछारको अवसरमा चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना
सोमबार, माघ ९, २०७९
मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गर्नुभएको हो । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो ।

कपनस्थित फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव शुरु
सोमबार, माघ २, २०७९
बसे पनि शहर, गाउँ कै खाने रहर, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए ।

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै
शुक्रबार, पुस २२, २०७९
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।

हरेक शिवको मन्दिर अगाडि किन राखिन्छ नन्दिको मूर्ति !
बिहीबार, पुस २१, २०७९
नन्दीलाई भगवान शिवको वाहन मानिन्छ। भगवान शिवलाई नन्दी धेरै मनपर्ने विश्वास छ। जहाँ शिव हुन्छ त्यहाँ नन्दी पनि हुन्छ। हिन्दू पौराणिक कथाहरूमा भगवान शिव र नन्दीको बारेमा धेरै कथाहरू छन्।

नयाँ बर्ष देखि पाटन दरबार परिसर भित्र अनुमति बिना कुनै कार्यक्रम गर्न नपाइने
शुक्रबार, पुस १५, २०७९
जबसम्म नागरिकमा सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही नहुने भन्दै उनले आम सर्वसाधारणलाई यसको महत्व बुझेर नियम पालना गर्न अनुरोध गरेका छन्।

सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ मनाइँदै
शुक्रबार, पुस १५, २०७९
“यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोक साहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ”, ओझाले भन्नुभयो, “यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन छ ।”

गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै
शुक्रबार, पुस १५, २०७९
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
साताको लोकप्रीय